Thursday, July 9

कारागारबाट भागेका दुई कैदीबन्दी पक्राउ

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई कैदीबन्दीलाई पक्राउ गरेको छ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका सुजन रसाइली र मकवानपुरको भीमफेदी कारागारबाट भागेका विष्णुलाल थिङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

Advertisement
Advertisement

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ रसाइलीले डाँका चोरी मुद्दामा कैद भुक्तान गरिरहेको र थिङले लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेको जानकारी दिए। पक्राउ रसाइली सिन्धुपाल्चोक बाह्रबिसे र थिङ मकवानपुरको बकैया गाउँपालिकाका बासिन्दा हुन्।

Advertisement

प्रहरीले रसाइलीलाई काठमाडौँ महानगरपालिका–६ आरुबारी र थिङलाई कागेश्वरी मनोहरा नगरपालिका–६ ग्रिनहिलसिटीबाट पक्राउ गरेको हो।