
नेपालअखबार,काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीले प्यानोरामा एडिट मामिलामा माफी मागेपछि पनि कानुनी प्रक्रियामा जाने भएका छन् ।
शुक्रबार बेलुका पत्रकारहरूसँगको कुराकानीमा उनले अर्को साता बीबीसीविरूद्ध एक अर्बदेखि पाँच अर्ब डलरसम्मको मुद्दा दायर गरिने बताएका छन् । यस विषयमा हप्तान्तमा बेलायतका प्रधानमन्त्री कियर स्टार्मरसँग कुरा गर्ने ट्रम्पको तयारी छ ।
शुक्रबार बीबीसीले बयान जारी गर्दै ६ जनवरी २०२१ को भाषण सम्पादन (एडिट) बाट ट्रम्पले हिंस्रक कारबाहीका लागि अपिल गरेको गलत धारणा बनेको प्रतिक्रिया दिएका थियो ।
बीबीसीले माफी माग्दै संस्थाले कुनै पनि वित्तीय मुआब्जा नदिने पनि प्रष्टीकरण दिएका थियो ।
यसै साताको सुरूवातमा ट्रम्पका वकिलहरूले बीबीसीलेमाफी मागेर मुआब्जा नदिए एक अर्ब डलर बराबरको क्षतिपूर्तिका लागि मुद्दा दायर गर्ने चेतावनी दिएका थिए ।
त्यसपछि गत साता बीबीसीका डाइरेक्टर जनरल टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामादिनुपरेको थियो ।


