Saturday, July 25

प्रदेशहरूमा सन्देश सभा गर्दै नेपाली कम्युनिस्ट पार्टी- कहाँ, कहिले?

नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रदेशहरूमा सन्देश सभा गर्ने भएको छ।

Advertisement

११ वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।

Advertisement
Advertisement

उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल छन्।

Advertisement

सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १२ गते सन्देश सभा हुनेछ भने लुम्बिनीको देउखुरीमा मंसिर १३ गते, गण्डकीको पोखरामा मंसिर १४ गते, कोशीको विराटनगरमा मंसिर १५ गते सभा हुनेछ।

साथै कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेसको जनकपुरमा मंसिर २० गते र बागमतीको हेटौंडामा मंसिर २३ गते सभा हुनेछ।

मंसिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ।

582216503_1367645098251701_6326222492372393873_n-1763377784.jpg