नेपाल अखबार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध सोमबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
Advertisement
सेवाग्राहीको उजुरीको आधारमा आयोगको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी विष्टलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा प्रहरी निरीक्षक कार्कीले कानुन व्यवसायी हिमालय बिक्रम विष्टमार्फत सेवाग्राहीसँग घुस लिएको दाबी अख्तियारले गरेको छ ।
जबरजस्ती करणी मुद्दामा अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक कार्कीलाई कानुन व्यवसायी विष्टले घुस लिन मन्जुरी गराएको भन्दै आयोगले उनीविरुद्ध पनि ५० हजार मागदाबीसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
Advertisement
Advertisement
Advertisement