Tuesday, July 28

सुदूरपश्चिमको राजनितिक, आर्थिक र समाजिक विकासका लागि पनि उतिकै महत्वका साथ चासो पार्टीले दिनु पर्छ :कुल बहादुर कुवर

नेपालअखबार,काठमाडौँ ।  सुदूरपश्चिमको राजनितिक, आर्थिक र समाजिक विकासका लागि पनि उतिकै महत्वका साथ चासो पार्टीले दिनु पर्छ ।
कुल बहादुर कुवर (नेकपा एकीकृत समाजबादि पुर्ब पोलिट ब्यूरो सदस्य) अछाम साफेबगर नगरपालिका पुर्ब नगर प्रमुखले  सुदुर पश्चिम् प्रदेशको १२ हुने सन्देश सभा बारे काठमाडौमा भएको छलफलमा राखेको सुझावहरुमा आफ्नो विचार राख्दै पार्टीमा प्रश्न गरे ?
हाम्रो भूमिका काहा र कस्तो हुन्छ ? अहिले सम्म पनि पार्टी कार्यालयमा नेपाली कम्युनिष्ट पार्टीको नाम लेखिएको छैन ? कम्तिमा पार्टीको नाम त लेखियोस् । भावनामा मात्रै बग्दै जाने तर व्यवाहार अहिले सम्म पनि सुरुवाद हुन नसकेको कुवरले बताए ।
प्रदेशमा कार्यक्रम गर्नुस् भनि पार्टीले निर्देशन दिएता पनि अहिले सम्म जिम्मेवारी दिन सकेको छैन । जिल्ला र पालिका कमेटी यहि २९ गते सम्म एकता गर्ने पर्ने भनि निर्देशन गरेता हामी अल्झिएका छौं । अहिले सम्म पार्टीले कुनै जिम्मेवारी पनि तोकेको छैन र हामीलाई कुनै अधिकार दिएका पनि छैन कुवरले भने ।
नेपाली कम्युनिष्ट पार्टीको म यो व्यक्ति भन्ने परिचय हामीले कहिले पाउछौं । यो एउटा प्रश्न खडा भएको छ । हामी अझै म फलानो पार्टीको पूर्व भन्दै कहिले सम्म हिड्ने हो । कम्युनिष्ट आन्दोलन र वर्तमान राजैनितिक अवस्था प्रति हामी सबैले सचेत हुन जरुरी रहेको कुवरले बताए ।
समयमा नै कार्यकताले आफ्नो जिम्मेवारी पाउन सकेनन् भने उदेश्य प्राप्तिका लागि धेरै ढिला हुने बताए । एकताको सन्देश लिएर सुदूरपश्चिमवाट सुरु गरिदै छ । यो सुरुवाद सुखद नै हो तर सुदूरपश्चिमसंगै पार्टीले मागि रहदा पार्टीका नेताले सुदूरपश्चिमको राजनितिक, आर्थिक र समाजिक विकासका लागि पनि उतिकै महत्वका साथ चासो दिनु पर्ने कुल बहादुर कुवरले बताउनु भयो ।
अब पार्टी नेतृत्वमा रुपान्तर र परिवर्तन आवश्यक छ । अरुलाई पनि अवसर दिनु पर्छ । संसदिय क्षेत्र र गैरसंसदिय क्षेत्र छुट्टाउनु पर्छ । उहि नेता संसद हुने, उहि नेता मन्त्रि हुने, उहि नेता पार्टीमा नेतृत्व गर्ने यहि कारणले पार्टीको विकास हुन नसक्नु कुवरले बताए ।

Advertisement
Advertisement

Advertisement