Friday, July 3

कान्तिपुर डेन्टलको विशेषज्ञ टोली मनाङमा, ४ दिने दन्त स्वास्थ्य शिविरमा ६१२ जनाले लिए सेवा

नेपालअखबार, काठमाडौं । काठमाडौंस्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) को प्राविधिक तथा विशेषज्ञ सहयोगमा मनाङमा सञ्चालन भएको चार दिने नि: शुल्क दन्त स्वास्थ्य शिविरमा ६१२ जनाले सेवा लिएका छन्।

Advertisement

कात्तिक २८ देखि मंसिर १ गतेसम्म चलेको शिविर दुर्गम हिमाली क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित थियो।

Advertisement
Advertisement

यो पहल गोरखा वेलफेयर ट्रस्टले गरेको हो भने मनाङ अस्पताल, चामे नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय मनाङ सह–आयोजकका रूपमा सहकार्य गरेका थिए।

Advertisement

शिविरमा सहभागी टोलीको नेतृत्व गरेका केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले स्थानीय समुदायलाई दन्त स्वास्थ्य परीक्षण, उपचार तथा सचेतनामूलक सेवा उपलब्ध गराउनु मुख्य उद्देश्य रहेको बताए।

उनका अनुसार काठमाडौँबाट डा. रविना चौधरी, डा. सिम्फनी श्रेष्ठ, डा. जानकी गुरुङ, डा. आनिय श्रेष्ठसहित दन्त हाइजिनिष्ट र दन्त प्राविधिकसमेत सहभागी थिए।

चार दिनमा ११५ जनाको दाँत सफा, ११५ को दाँत भराइ, १ को कोर्नोप्लास्टी, १० जनाको डिसिएम उपचार तथा १७८ जनाको दाँत निकालिएको थियो। यस्तै ९४ जनालाई कृत्रिम दाँत (डेन्टुर) प्रदान गरिएको डा. श्रेष्ठले बताए।

शिविरमा मनाङका चारवटै स्थानीय तहबाट आएका एक सयभन्दा बढी विद्यार्थीलाई दन्त हाइजिन तथा दाँत जोगाउने उपायबारे प्रशिक्षण पनि दिइएको थियो।

दुर्गम मनाङमा सहज रूपमा दन्त सेवा नपाइने अवस्थामा सम्पन्न गरिएको यो अभियान स्थानीयका लागि निकै उपयोगी भएको स्वास्थ्यकर्मी टोलीले जनाएको छ।