Sunday, April 19

राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

नेपालअखबार,काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

मंगलबार मंसिर ९ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

Advertisement

उनका अनुसार  बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुविकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा छलफल हुनेछ।

बैठकमा अहिलेको अवस्थाको चित्रणका साथ पार्टीको भावी योजना र रणनीतिबारे अध्यक्ष कमल थापाले धारणा प्रस्तुत गर्नेछन्।

त्यसमा अन्य केन्द्रीय सदस्यहरूले सुझावसहितको भनाइ राख्नेछन्।