Monday, May 11

सर्वोच्चको आदेश प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको छ ।

राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्चमा निवेदन पेश गरेका थिए ।त्यही निवेदनको सुनुवाइपछि न्यायाधीशहरू हरि फूयाल र अब्दुल अजिज मुसलमानको इजलासले लिखित जवाफ माग्ने आदेश गरेको हो ।

Advertisement