Sunday, April 19

तीन जना डिआइजीको सरूवा

नेपालअखबार,काठमाडौं ।  नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरूवा भएको छ।

सोमबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागको कर्मचारी प्रशासन शाखाले तीन जना डिआइजीको सरूवा गरेको हो।

Advertisement

कोशी प्रदेश प्रहरी कार्यालयमा विनोद घिमिरेको सरूवा भएको हो।

दिलिप सिंह देउवाको प्रदेश समन्वय विभाग नक्सालमा सरूवा भएको छ।

त्यस्तै प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा दिपककुमार बस्नेतको सरूवा गरेको हो।

May be an image of blueprint and text