Saturday, April 18

दोधारकाबिच दल दर्ता गर्ने राप्रपा नेपालको निर्णय

नेपालअखबार, काठमाडौँ । राप्रपा नेपालले दोधाराबिच आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।

त्यसका लागि चुनाव अगावै न्यूनतम सुधारका निम्ति पार्टीले निरन्तर दबाब दिने जनाएको छ ।

Advertisement

अध्यक्ष कमल थापाको अध्यक्षतामा मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न प्रस्ताव समेत पारित गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

‘सुधारको आशा र विश्वास गर्दै निर्वाचनमा सहभागिताका निम्ति निर्वाचन आयोगको आह्वान अनुसार चुनावमा भाग लिने प्रयोजनका लागि राप्रपा नेपाललाई आयोगमा दर्ता गर्ने निर्णय यो बैठकले गरेको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।