Thursday, July 9

एमालेले दल दर्ता गरेपछि सरकारका प्रवक्ताले भने– दलहरू चुनावमा होमिए

नेपालअखबार,काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललेले निर्वाचनको वातावरण बनिसकेको बताएका छन् ।

Advertisement

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

Advertisement
Advertisement

खरेललाई पत्रकारले सर्वोच्च अदालतमा दलहरू समेत प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर जान थालेको, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार अझै नियन्त्रणमा आउन नसकेको अवस्थामा कसरी चुनाव हुन्छ भनेर सोधका थिए ।

Advertisement

जवाफमा खरेलले चुनाव हुँदैन कि भनेर शंका गरिरहेका राजनीतिक दलहरू समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रक्रियामा आइसकेको बताए ।

‘निर्वाचन आयोगले आफ्नो काम धमाधम अगाडि बढाएको छ । महत्त्वपूर्ण प्राय सबै राजनीतिक दलहरूले निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन्,’ खरेलले भनेका छन्, ‘तपाईंले कुरा उठाउनु भएको राजनीतिक दलले पनि निर्वाचन आयोगमा आज मात्रै दल दर्ता र नविकरणको प्रक्रिया अगाडि बढाइसकेको छ ।’

मंगलबार नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत करिब ७० वटा राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन् ।

यसैलाई आधार देखाएर मन्त्री खरेलले निर्वाचनको वातावरण बनिसकेको बताएका हुन् ।

‘निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूले दल दर्ता गरिसके । हामी निर्वाचन विरोधी होइनौं भनिरहेका छन् । सुरक्षाको वातावरण बनाउ भनिरहेका छन् । गाउँटोलदेखि जिल्ला देखि निर्वाचन क्षेत्रसम्म निर्वाचन लक्षित बिभिन्न कार्यक्रम गरिसकेका छन्’ उनले भने ।

सबै दलहरू चुनावका लागि तयार भएको पनि उनले बताए ।

‘सबै राजनीतिक दलहरू चुनावका लागि तयार भइसके । जुन राजनीतिक दलहरू चुनावमा आउँदैनन् कि भन्ने आशंका हामीलाई लागेको थियो । त्यो पनि आजको दिनबाट उहाँहरूले निर्वाचन आयोगमा दल दर्ता गरिसक्नुभएपछाडि अब निर्वाचनको वातावरण राजनीतिक दलको तर्फबाट बनिसक्यो ।’

मतदाता नामावलीमा समेत नाम दर्ता गरेर जनता चुनावमा होमिइसकेको उल्लेख गर्दै उनले सुरक्षा निकाय समेत तम्तयार रहेको बताए ।

निर्वाचन प्रयोजनका लागि सुरक्षा योजना तयार गरेर सम्बन्धित निकायका पठाइसकेको उल्लेख गर्दै उनले चुनावको वातावरण बनेर धेरै अगाडि बढिसकेको दोहोर्‍याए ।