Sunday, April 19

त्रिविको सभा आज, नीति तथा कार्यक्रम पेस हुने

नेपालअखबार,काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दै छ ।  प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सभा बस्ने छ ।

आजको सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुनेछ । गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकिएको थियो ।

Advertisement

तत्कालीन प्रधानमन्त्री ओलीले  नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गर्न निर्देशन  दिएका थिए । त्यसपछि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड  ५७ लाख २१ हजारको बजेट प्रस्तुत गरेका थिए ।

तर आजको सभामा नीति तथा कार्यक्रम पेस हुने त्रिवि उपकुलपति दीपक अर्यालले बताए । ‘आज नीति तथा कार्यक्रम सभामा पेस हुन्छ,’ उपकुलपति अर्यालले भने ।सभा ११ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री भएपछि कार्कीले पहिलो पटक त्रिविको सभाको अध्यक्षता गर्दै छिन् ।