Friday, July 24

रास्वपा सचिवालय बैठकले गर्‍यो यी पाँच निर्णय

नेपालअखबार, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले पाँच वटा निर्णय गरेको छ। मंगलबार राति बसेको सचिवालय बैठकले
विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ गरेको प्रवक्ता मनिष झाले बताए।

Advertisement

त्यस्तै बैठकले सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन केन्द्रीय समितिको गत मंसिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको उनले बताए।

Advertisement
Advertisement

सुशासन र द्रुत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरु मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामथ्र्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरेको पनि उनले बताए।

Advertisement

अहिले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा पदहरू रिक्त छन्। ती रिक्त रहेका पदहरू पूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरुको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरेको उनले बताए।

प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको झाको भनाइ छ।

हिजोको बैठकले सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम ( गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरेको छ।कार्यसम्पादन मूल्यांकन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरेको पनि झाले बताए।