Friday, July 24

धनगढीमा तीसौं हजार मानिस उतार्छौं: माधव नेपाल

नेपालअखबार,काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले धनगढीको सन्देश सभामा हजारौं मानिसहरू उतार्ने बताएका छन्।

Advertisement

जनता समाजवादी पार्टीसहित ४ वटा घटकहरूसँगको एकता समारोहमा बोल्दै सह-संयोजक नेपालले बिहीबार नेपाली कम्युनिस्ट पार्टीले गर्ने सन्देश सभामा तीसौं हजार मानिसहरू उतार्ने बताएका हुन्।

Advertisement
Advertisement

‘भोलिदेखि सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौं। पहिलो सन्देश सभा सुदूरपश्चिमको धनगढीमा गर्न गइरहेका छौं। धनगढीमा सुदूरपश्चिमकै नेताहरू बसेर दसौं हजार, बीसौं हजार अझै त्यो भन्दा बढी संख्या तीसौं हजारलाई उपस्थित गर्न लाग्नु भएको छ,’ उनले भने।

Advertisement

उनले अरू प्रदेशका कार्यक्रमलाई पनि सफल बनाउन लाग्नका लागि त्यहाँका नेताहरूलाई आह्वान गरे।

अरू प्रदेशका कार्यक्रम कति भव्य बन्छ भन्ने कुराले त्यहाँका नेताहरूको परीक्षा हुने पनि सहसंयोजक नेपालले बताए।

यसअघि विभिन्न जिल्लामा भएका सन्देश सभाहरू भव्य भएको बताउँदै त्यसले एउटा संकेत गरेको दाबी गरे।

‘रौतहट, सर्लाही, बारा र पर्सामा एक दिनको तयारीमा हजारौं मानिसहरू आए। प्रचण्ड जाँदा त्यसरी नै मानिसहरूको उपस्थिति थियो। यो संकेत हो। विरोधीले के भन्छ भन्ने होइन। सत्तोसराप गर्ने हरूले के भन्छन् भन्ने होइन। तटस्थ र निष्पक्ष व्यक्तिहरूले के देखिरहेका र भनिरहेका छन् भन्ने मुख्य हो,’ उनले भने।

नेपालले कात्तिक १९ गते तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीले पहल गरेको एकता टिक्दैन भनेको तर यसमा आकर्षण बढ्दै गएको पनि बताए।

‘सत्तोसराप गरेका थिए। तर दिन बितेको छैन। हप्ता बितेको छैन, महिना बितेको छैन। यो अत्यन्तै उचित थियो। भन्ने कुरा पुष्टि भइरहेको छ,’ उनले भने।

एकताको आधार बलियो भएका कारण पार्टी बलियो हुने उनको दाबी छ।

‘विचार मिलेको छ। सिद्धान्त मिलेको छ। नीति कार्यक्रम मिल्को छ। सबैभन्दा विशेषताको समाजवाद र यो समाजवादको कार्यक्रमको बारेमा हाम्रो साझा सहमति भएको छ,’ उनले भने।