Friday, August 21

ओली सुध्रिने मान्छे नै होइनन् – सहसंयोजक माधव नेपाल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले एमाले अध्यक्ष केपी ओलीलाई आफूहरूले सुधार्ने प्रयास गरेको भएपनि पार नलागेको बताएका छन्।

Advertisement

लुम्बिनी स्तरीय एकता सभालाई सम्बोधन गर्दै केपी ओली सुध्रिने मान्छे नै नभएको टिप्पणी गरे।

Advertisement
Advertisement

उनले भने, ‘मैले त कति मान्छेहरूलाई भनेँ, तपाईँहरूले सक्नुहुन्छ भनेर सुधार्नुस्, नानीदेखि लागेको बानी सुध्रिँदो रहेनछ। अहिले पनि मति सुध्रिन्छ भनेर स्यावास् भनौँला। ठुलो मालाले स्वागत गरौँला। सबै मान्छे असल भइदिए हुन्थ्यो नि। देश र जनताको लागि।’उनले अब आफूहरूको चाहना देशलाई अग्रगतिमा लिएर जानेबाहेक अरू केही नभएको बताए।

Advertisement