Thursday, July 9

दाङमा ओली र शंकर पोखरेलमाथि खनिए भीम रावल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफ्नो पूर्वपार्टी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको चर्को आलोचना गरेका छन्।

Advertisement

शनिबार नेकपाले लुम्बिनी प्रदेश सन्देश सभा अन्तर्गत लमहीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रावलले ओली र पोखरेलको आलोचना गरेका हुन्।

Advertisement
Advertisement

जनताले यसअघि नै दिएको झन्डै दुई तिहाई मतको अबमूल्यन गरेकोदेखि दुई-दुई पटक संसद विघटन गर्ने असंवैधानिक काम गरेको आरोप रावलले ओलीमाथि लगाए।

Advertisement

‘नेपाली जनताले दुई तिहाइ मत दिँदा दुई पटकसम्म प्रतिनिधि सभा बिघटन गरेर नेपाली जनतालाई धोका दिए।  कम्युनिष्ट पार्टीलाई धोका दिए,’ रावलले भने ‘त्यस्ता धोकेबाजहरुलाई सदाका लागि पराजित गर्नुपर्छ।’

भर्खरैको जेनजी आन्दोलनमा त्यसबेला प्रधानमन्त्री रहेका ओलीको कार्यशैलीले उनलाई पुनः प्रधानमन्त्री बन्ने नैतिक आधार नदिने रावलले बताए।

‘सिंहदरबार जलिरहेको थियो। देशको प्रधानमन्त्री भने हेलिकोप्टर चढेर भाग्दै थिए। त्यस्तो व्यक्तिले फेरि देशको नेतृत्व गर्छु र भक्तपुरको कुनाबाट म फेरि कम्युनिस्ट पार्टी बनाउँछु भन्दा पत्याइन्छ?,’ उनले भने।

आफूले मात्रै होइन कसैले पनि ओलीका कुरा पत्याउन छाडेको उनले दाबी गरे।

आफ्नो पदीय मर्यादाको रक्षा गर्न नसकेपछि अहिले ओली नेपाली कम्युनिस्ट पार्टी बुढाहरूको पार्टी भयो भन्दै हिँडेको रावलले बताए।

‘नेपाली कम्युनिष्ट पार्टी त बुढाको पार्टी भयो रे ? म यहीँबाट प्रश्न सोध्न चाहान्छु – उहाँको उमेर कति रे? अब प्रतिपस्पर्धा गर्न चाहन हो भने हाम्रो पार्टीका संयोजक प्रचण्ड‍सँग बिहान घुम्न जाऔं न त ओलीजी?,’ उनले भने।

आफ्नो अयोग्यता र असक्षमतालाई ढाक्न उनीहरूले निरर्थक तर्क गरेको रावलले बताए।

ओलीपछि एमाले महासचिव पोखरेलमाथि पनि नेता रावल खनिए। उनले दाङमा एमालेको महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर ‍पोखरेलमाथि व्यंग्य कसे।

‘प्रतिनिधिमा पनि उम्मेदवार हुन नपाइने रे ? कैलालीमा १३ जनालाई पार्टीबाट निकालिदिए। दाङमा के गरे‍छन् भनेर बुझेको यहाँको ठूलो नेता (शंकर पोखरेल)लेआफ्ना ज्वाँइलाई जबरजस्ती टीका लगाइदिनुभयो रे,’ उनले भने।

एमाले महासचिव शंकरको गृह जिल्ला दाङमा ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोट सर्वसम्मत भए पनि कतिपयले स्वेच्छाचारी रूपमा छनोट गरिएको भनेर असन्तुष्टि जनाएका थिए।