Thursday, August 27

विराजभक्तले भने– नेपालको राजनीतिमा तेस्रो ध्रुव जन्मियो

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता विराजभक्त श्रेष्ठले नेपालमा तेस्रो राजनीतिक शक्तिको अर्को अध्याय सुरु भएको जिकिर गरेका छन् ।

Advertisement

राष्ट्रिय सभा गृहमा आइतबार भएको एकता सभामा बोल्दै उनले तेस्रो राजनीतिक ध्रुव जन्मिएको घोषणा गरेका हुन् ।

Advertisement
Advertisement

‘आज दुई पार्टी बिचको एकता मात्र होइन वैकल्पिक राजनीतिको अर्को अध्याय सुरु भयो । सुसंस्कृत राजनीतिको तेस्रो ध्रुव जन्मियो भनेर मैले घोषणा गरेँ । देश जहिले पनि दुई ध्रुवमा बाँडिने गर्थ्यो । आज यसले सुसंस्कृत तरिकाले पनि तेस्रो ध्रुव देशमा उदायो’, उनले भने, ‘आजकै सभामा तपाईंहरूलाई साक्षी राखेर छरेर बसेका साथीहरूलाई आह्वान गर्न चाहन्छु  । तेस्रो ध्रुवले देशको राजनीतिलाई सन्तुलित बनाउँछ । सांस्कृतिक, सामाजिक अन्तर्विरोधलाई यसले सम्बोधन गरेर  अगाडि बढ्छ भन्ने सङ्कल्प पनि गर्न चाहन्छु ।’

Advertisement

सुसंस्कृत विचार समर्पित युवाहरूले देशलाई अगाडि बढाउँछ भन्ने पनि दिवङ्गत उज्ज्वल थापाको बाटोबाट रास्वपा अगाडि बढेको उनले बताए ।