Sunday, August 2

भ्रष्टाचार गर्ने, व्यभिचार गर्ने प्रवृत्तिलाई समाप्त पार्ने कुरालाई हामीले केन्द्रविन्दुमा राखेका छौं : सहसंयोजक नेपाल

नेपालअखबार, पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले भ्रष्टाचार समाप्त गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर पार्टी बनाएको बताएका छन्।

Advertisement

पोखरामा आइतबार भएको नेकपा एकता सभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले उक्त कुरा बताएका हुन्।

Advertisement
Advertisement

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आफूविरूद्ध भ्रष्टाचार मुद्दा लागेको विषयमा भने उनले केही बताएनन्।

Advertisement

उनले भ्रष्टाचार अन्त्य गर्ने पार्टीको योजना रहेको पनि उनले बताए।

‘भ्रष्टाचार गर्ने, व्यभिचार गर्ने प्रवृत्तिलाई समाप्त पार्ने कुरालाई हामीले केन्द्रविन्दुमा राखेका छौं,’ उनले भने, ‘त्यसैले यत्तिकै पार्टी बनाएको होइन।’

नेपालका सबै पार्टी र नेताको नाडी छामेको भन्दै नेपालले अघि बढ्नेहरू बढिरहेने र छुट्नेहरू छुटिरहने बताए। एमाले कास्कीका नेताहरूलाई नेकपामा आउन आह्वान गर्दै उनले नअलमलिन आग्रह गरे।

नेपाली राजनीति बेइमानी र भ्रष्टाचारीले बिगारेको भन्दै उनले यस विषयमा आफूहरूले समीक्षा गरेको बताए।

‘नेपालको राजनीति बिग्रने कारण बेइमानी, भ्रष्टाचारी, स्वार्थी र व्यक्तिवादी प्रवृत्तिले हो,’ उनले भने, ‘यो विषयमा हामीले समिक्षा गरेका छौं।’

कम्युनिष्ट प्रधानमन्त्रीहरू र मन्त्रीहरू कसको पालामा के के राम्रा काम भए र कसका पालामा के के नराम्रा काम भए भनेर समिक्षा गर्नुपर्ने उनले बताए। राम्रा कामलाई सार्वजनिक गर्नुपर्ने र नराम्रा कामबाट सुधार गर्नुपर्ने नेता नेपालको भनाई छ।

देशका व्यापकर रूपमा भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरता रहेको भन्दै यसको अन्त्य गर्न आवश्यक रहेको उनले बताए।