Thursday, July 9

बाढीबाट आक्रान्त श्रीलंकालाई नेपालको दुई लाख डलर सहयोग

नेपालअखबार,काठमाडौं । नेपाल सरकारले श्रीलंकामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौं जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ।

Advertisement

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलंका सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो।

Advertisement
Advertisement

द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारलेश्रीलंकासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ। नेपाल सरकारले दिवंगतको परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र र पूर्णस्वास्थ्यलाभको कामना गरेको छ।

Advertisement

एक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय गरेको छ।

यस दुःखद् घटनाबाट पुनःउठ्ने क्रममा श्रीलंका जनताको अदम्य साहस, शक्ति र धैर्यतामा नेपाल सरकार तथा नेपाली जनता दृढ विश्वस्त रहेको विज्ञप्तीमा उल्लेख छ।