Thursday, July 16

रुखको हाँगाले लागेर दाङमा एकजनाको मृत्यु

नेपाल अखबार,दाङ । तुलसीपुर (दाङ) । दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा मंगलबार बिहान मृत्यु भएको छ ।
बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Advertisement
रा२प ८८० नम्बरको मोटरसाइकलमा लहलौराबाट तुलसीपुर आउँदै गर्दा रुखको हाँगा भाँचिएर खस्दा टाउकामा चोट लाग्दा गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । रासस

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *