Tuesday, September 22

कान्ति लोकमार्ग मर्मतका लागि आजदेखि ६० दिनसम्म दिउँसो बन्द हुने

नेपालअखबार,काठमाडौँ । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति लोकमार्ग बन्द हुने भएको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ।

Advertisement
Advertisement

आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने जनाएको छ।

सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा गराउन आग्रह गरिएको छ ।