Monday, April 27

दाङको लमहीमा गोली चल्यो

नेपालअखबार, बुटवल । दाङको लमहीमा गोली चलेको छ ।

लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान  छ ।

Advertisement

सो क्रममा पसल सञ्चालक १८ वर्षिय दिपक सुनार घाइते भएका छन् ।

अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेले जानकारी दिएका छन् ।