Tuesday, July 14

फागुन २० गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते १८ वर्ष पुग्नेलाई मतदान गर्न दिने निर्णय गरेको छ।

Advertisement

सोमबार बसेको आयोगको बैठकले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई ‘कट अफ डेट’ निर्धारण गर्ने निर्णय गरेको हो।

Advertisement
Advertisement

आयोगले मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि समय दिएको थियो। त्यो समयावधिभित्र नामावलीमा नाम दर्ता गराउनेमध्ये फागुन २० गतेसम्म १८ गते पुग्ने अवस्थामा मतदान गर्न पाउने भएको हो। त्यस दिनभन्दा पछि १८ वर्ष पुग्नेले भने यसपालि मतदान गर्न पाउने छैनन्।

Advertisement

मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत संकलन भएको मतदताको विवरण आयोगले आफ्नो वेबसाइटमा राखेको छ।

मंसिर २६ गतेसम्म उक्त नामावलीमा भएको त्रुटिलाई सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र नाम कायम गर्न निवेदन दिने लगायतका काम गर्न सकिने आयोगले जनाएको छ।

001-1765195543.jpg