Friday, July 10

कांग्रेस नेता पूर्वमन्त्री उपाध्यायको निधन

नेपालअखबार,काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ। काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए।

Advertisement

उनी  लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए। उनी २०५६ सालमा शिक्षामन्त्री भएका थिए।

Advertisement
Advertisement

पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्याय प्रतिनिधि सभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गरेर सांसद समेत भएका थिए।

Advertisement