Saturday, July 25

भारतीय राजदूत श्रीवास्तवको ग्राण्डी अस्पतालमा उपचार जारी

नेपालअखबार,काठमाडौँ। भारतीय राजदूत नवीन श्रीवास्तवको ग्राण्डी अस्पतालमा उपचार जारी छ।

Advertisement

शनिबार चम्पादेवी मन्दिरमा हाइकिङ जाँदा हृदयघात भएपछि नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी अस्पतालमा लगिएको थियो।

Advertisement
Advertisement

अस्पताल स्रोतका अनुसार मुटुको देब्रे नशामा अवरोध भएको हो। अस्पतालमा ल्याएर स्टेन्ट हालिएको हो।

Advertisement

उनलाई उपचारका लागि सिसियूमा राखिएको छ।

राजदूत श्रीवास्तवको उपचारमा डा. रन्जित शर्मा र डा. नरेश महर्जन संलग्न छन्।