Monday, April 27

३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। सहमतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ । सोमबार बिहान मनोनयन दर्ताका लागि फाराम वितरण हुँदा आकाङ्क्षीहरूको संख्या अत्यधिक देखिएको छ।

एमाले महाधिवेशन प्रचार कमिटीका सदस्य चेतन अधिकारीका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी (पदाधिकारी सहित) का लागि १४ सय भन्दा बढी मनोनयन फारम वितरण भइसकेको छ। फारम वितरण र दर्ताका लागि आज दिउँसो साढे १ बजेसम्मको समय तोकिएको छ।

Advertisement

महाधिवेशन स्थलमा भृकुटीमण्डपमा कार्यकर्ता तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ भने निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ।