Monday, April 27

सशस्त्रका ३ जना एआईजीको सरुवा

नेपालअखबार, काठमाडौँ । सशस्त्र प्रहरी बलका ३ जना एआईजीको सरुवा भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो । मानवश्रोत विकाश विभागमा नारायणदत्त पौडेललाई सरुवा गरिएको छ ।

Advertisement

सीमा सुरक्षा विभागमा बंशीराज दाहाल र कार्य विभागमा गणेश ठाडा मगरलाई सरुवा गरिएको छ । यसअघि पौडेल कार्य विभाग, दाहाल मानवश्रोत र ठाडा मगर सीमा सुरक्षा विभागमा कार्यरत थिए ।