Monday, April 27

जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष चौधरी जसपा प्रवेश

नेपालअखबार,काठमाडौँ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन् ।

‎बुधबार जसपा नेपालकाे केन्द्रीय कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले सदस्यता प्रदान गरी उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

‎पार्टी प्रवेशपछि बोल्दै चौधरीले मधेशका मुद्दा, अधिकार र पहिचानको संघर्षलाई संस्थागत रूपले अगाडि बढाउन जसपा नेपालमा जोडिएको बताए ।‘मधेशी जनताको अधिकार, संघीयता र समावेशी लोकतन्त्रको संरक्षणका लागि जसपा नेपालसँगै अघि बढ्ने निर्णय गरेको हुँ,’ उनले भने ।

Advertisement