Thursday, July 9

स्वदेश फर्किनुअघि चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री कार्की, के भयो कुराकानी?

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेका छन्।

Advertisement

बुधबार आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन्।

Advertisement
Advertisement

भेटका क्रममा नेपाल र चीन बीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक राम रावलले जानकारी दिए।

Advertisement

सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गरे।

प्रधानमन्त्रीले राजदूत सोङ आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेकोमा बधाइ तथा सफल यात्राको कामना गरिन्। साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हित विपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाए।