Friday, July 10

पद लिएर जिम्मेवारी पूरा नगर्ने प्रवृत्तिलाई नेकपामा छुट छैन- माधव नेपाल

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले नेता बन्ने र जनताकहाँ नजाने प्रवृत्तिलाई पार्टीमा छुट नहुने बताएका छन्।

Advertisement

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले नेता बन्ने जनताकहाँ नजाने तथा पद लिने र जिम्मेवारी पूरा नगर्ने प्रवृत्तिलाई पार्टीमा छुट नहुने बताएका हुन्।

Advertisement
Advertisement

‘दुख कष्ट नब्यहोर्ने,  कुरा ठूला गर्ने। नेताको वरिपरि बस्ने उसको प्रंशसा गर्ने र काम नगर्ने प्रवृत्तिलाई छुट दिँदैनौं,’ उनले भने।

Advertisement

सहसंयोजक नेपालले नेकपामा अब नेतासँगै कार्यकर्ता पनि राम्रो बनाउने बताए।

‘त्यस्ता प्रवृत्तिलाई निस्तेज गर्दै नेतालाई पनि राम्रो बनाउन चाहन्छौं। कार्यकर्तालाई पनि राम्रो बनाउँछौं,’ उनले भने।