Friday, July 10

गृहमन्त्रीले गरे नुवाकोट कारागार निरीक्षण

नेपालअखबार, नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको बिदुरमा रहेको केन्द्रिय कारागारको खालि रहेको ब्लकलाई बाल सुधार गृहको रुपमा छिट्टै संचालनमा ल्याउनका लागि शनिबार कारागारको स्थलगत अवलोकन गरेका छन् ।

Advertisement

मन्त्रिपरिषद्को यही पुस ३ गते बसेको बैठकले देशका विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका बालबिज्याइँकर्तालाई राख्नका लागि नुवाकोटको बिदुरमा रहेको केन्द्रीय कारागारको कुल चार वटा ब्लकमध्ये एउटा खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा परिणत गरी सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो ।

Advertisement
Advertisement

अवलोकनका क्रममा मन्त्री अर्यालले अव बालबिज्याइँकर्तालाई यहाँ खालि गरिएको बाल सुधार गृहमा छिट्टै स्थानान्तरण गरिने बताए । सो क्रममा मन्त्री अर्यालले कारागारमा रहेका कैदीबन्दी र थुनुवाहरूसँग केहीबेर उनीहरूसँग कुरा गर्दै उनीहरूको गुनासा र परेका समस्याबारे सुनेको उनको सचिवालयले जनाएको छ ।

Advertisement

सोही क्रममा मन्त्री अर्यालले उनीहरूको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवा सुविधाबारे चासो राख्नु भएको थियो।  यस्तै, अवलोकन पछि, मन्त्री अर्यालले कैदीबन्दीहरूको मानवअधिकारको उच्च ख्याल गर्दै कारागार भित्र हुने हरेक गतिविधि कानुनी र मानवअधिकारका दृष्टिकोणले मर्यादित हुनु पर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिए ।

यस्तै, कैदीबन्दीका आफन्तले कारागारमा आफ्ना आफन्त भेट्न आउँदा यस कारागारसम्म पुग्ने सडकको पूर्वाधार निकै कमजोर भएको अवगत गराउँदै यहाँको सडक पूर्वाधार छिट्टै सुधार गरिने प्रतिवद्दता पनि मन्त्री अर्यालले व्यक्त गरे ।

नुवाकोटको विदुरमा स्थापना गरिने बाल सुधार गृहमा बढीमा ५०० जना बाल बालबिज्याइँकर्ता सहज तरिकाले राख्न सकिने छ । नुवाकोटको तीन वटा ब्लकमा कार्तिक महिनाको मस्केबारी अनुसार ८७३ जना कैदीबन्दी र थुनुवा रहेका छन् भने खालि रहेको एउटा ब्लकमा बढीमा ५०० को संख्यामा बालबिज्याइँ राख्ने सरकारको तयारी छ ।

देशका मुख्य गरी बाँकेको जयेन्दु बाल सुधार गृह, वीरगञ्जको बिर्तास्थित बाल सुधार गृह र भक्तपुरको बाल सुधार गृहमा बेला बेलामा बालबिज्याइँकर्ताहरूबीच झडप हुने गरेको छ । यसको मुख्य समस्याको रुपमा उनीहरूको बढ्दो उमेर नै रहेको बुझिएको छ ।

हाल देशभर ८ वटा सुधार गृह छन्, तीमध्ये ४ वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा चलिरहेको छ ।