Monday, July 13

समानुपातिकतर्फ सूची बुझाउने समय सार्न कांग्रेस सहमहामन्त्री यादवको प्रस्ताव

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रतिनिधि सभा समानुपातिक बन्द सूची बुझाउने कार्यतालिका हेरफेर गर्न प्रस्ताव गरेका छन्।

Advertisement

बालुवाटारमा आज प्रधानमन्त्री र निर्वाचन आयोगसहित सरोकारवालाहरूको छलफलमा सहमहामन्त्री यादवले समानुपातिक उम्मदेवारको बन्द सूची पेस गर्ने समय केही दिन पर सार्न आग्रह गरेका हुन्।

Advertisement
Advertisement

‘समानुपातिकको समय पुस १३ र १४ गतेका लागि छ, यो समय अपुग भयो। त्यसलाई दुई चार दिन पर सार्नुपर्छ,’ उनले भने, ‘तर फागुन २१ को निर्वाचन सोही मितिमा हुनुपर्छ।’्

Advertisement

उनले बहुदलीय व्यवस्थामा राजनीतिक दल महत्वपूर्ण हुने र दलका प्रमुख शीर्ष नेताहरूसँग प्रधानमन्त्रीले संवाद गर्नुपर्ने पनि बताए।