Monday, July 13

निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी छ : वर्षमान पुन

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवाले देशको नेतृत्व गर्ने बेला अएको बताएका छन् ।

Advertisement

मंगलबार काठमाडौंमा शहीद स्मृति स्पोर्टस एकेडेमीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुनले यस्तो बताएका हुन् ।

Advertisement
Advertisement

जेनजी आन्दोलनपछि युवा पुस्ताले देशको नेतृत्व गर्न चाहेको बताउँदै उनले युवाहरूले आफूूभन्दा अग्रजहरूलाई सम्मान गर्दै, उनीहरुको अनुुभवलाई लिएर आफूूलाई नेतृत्वका लागि तयार गर्ने समय आएको बताए ।

Advertisement

नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी गरेको पनि उनले बताएका छन् ।‘पचास प्रतिशतभन्दा बढी युवाहरु हाम्रो पार्टीको तर्फबाट प्रतिस्पर्धामा जाओस् भन्ने गरी हामीले तयारी गरिरहेका छौँ’ उनले भनेका छन्, ‘बढीभन्दा बढी युवाहरु आगामी निर्वाचनमा प्रतिस्पर्धामा आओस् र नेतृत्वमा पनि आउनुपर्छ भन्ने हाम्रो चाहना छ ।’