Wednesday, July 29

पार्टीहरू आजै छाड् भन्छन्, जेनजीहरू पनि छाड् भन्छन्, हामी त अचानो भयौं- प्रधानमन्त्री सुशीला कार्की

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आफूहरू दल र जेनजी दुवैबाट अचानोमा परेको बताएकी छन्।

Advertisement

बिहीबार बाह्रखरी उत्कृष्ट कथा विजेता घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले दुवै पक्षले आफूलाई दबाब दिएको बताएकी हुन्।

Advertisement
Advertisement

‘पोलिटिकल पार्टीले पनि आजै छोड् भन्छ। जेनजीले पनि आजै छोड् भन्छ। छोडेपछि थुक्क भन्लान्। हामी त अचानो भयौं,’ उनले भनिन्।

Advertisement

उनले सरकार अहिले जे गरे पनि सुख नपाउने अवस्थामा रहेको बताए।

उनले आफ्नै बारेमा कथा लेखे पनि हुने अवस्था रहेको बताइन्।

‘हाम्रै बारेमा पनि कथा लेख्नुस्। गृहमन्त्रीको लेख्नु के हाल छ। मेरो लेख्नु के हाल छ,’ उनले भनिन्,’ अर्थमन्त्रीको हेर्नुस सबैको कथा बन्छ।’ मुलुक बंगलादेश नबनोस् भन्ने सरकारको चाहना रहेको पनि उनले बताइन्।