
नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपाका सहसंयोजक माधवकुमार नेपाल तोकिएकै समयमा शान्तिपूर्ण रुपमा निर्वाचन हुनु नै देशको हितमा रहेको बताउनु भयो । वर्तमान राजनिति र स्थायीत्वका लागि निर्वाचनको विकल्प नरेहको बताउनु भयो । आज भक्तपुर निर्वाचन क्षेत्र भक्तपुर २बाट नेकपा एमाले परित्याग गरी करिब एक दर्जन नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका नयाँ कार्यकर्तालाई स्वागत गर्दै नेकपा एमाले पार्टी नेतृत्वका कारण नै संकटमा बताउनु भयो । बालकोटबाट एमाले परित्याग गरि आएका नवयुवाहरुलाई अब भक्तपुर नेकपामय बनाउन निर्देशन दिनु भयो । 
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सर्वसाधारण जनताको पार्टि भएका कारण नै नवयुवाहरुको आर्कषणका केन्द्र बनेको छ ।
देशभरिवाट नेकपामा युवाहरु पार्टीमा जुटि रहेको क्रम जारी रहेको छ । भक्तपुर बालकोटबाट आज एमालेलाई परित्याग गरेका आएका युवालाई स्वागत गर्दै अब बाल्कोटाबटा मात्रै होइन गुण्डुका युवाहरुलाई पनि नेकपामा जोड्नुस भन्दै एमालेको नेतृत्वको बारेमा मैले भनि रहन पर्दैन देशका सबै जनताले पहिचान गरि सकेका छन् सहसंयोजक नेपाल बताउनु भयो ।

