Sunday, April 26

बर्दियाबाट वामदेव गौतमसहित नेकपाका ६ जना सिफारिस

नेपालअखबार,  बुटवल । नेकपा (नेपाली कम्युनिस्ट पार्टी) ले बर्दियाको निर्वाचन क्षेत्र नम्बर १ बाट वामदेव गौतमसहित ६ जनाको नाम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।

पार्टीले जिल्लाको क्षेत्र नम्बर १ बाट पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतम, पूर्व गृहमन्त्री शक्ति बस्नेत, अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय उपाध्यक्ष रेशम अधिकारी, तथा नेताहरू सन्तबहादुर थारु, इन्दिरा सुवेदी र बालकृष्ण खनालको नाम सिफारिस गरेको छ ।

Advertisement

यसैगरी पार्टीले बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ नेताहरू दुर्गाबहादुर थारु, लोकराज जैसी, सुरेश पन्त, चिन्तामणि आचार्य, बमबहादुर रावल र सञ्जय थारूसहित ६ जनाको नाम सिफारिस गरेको छ ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बर्दियाबाट बुद्धिबहादुर अधिकारी, बैजनाथ झा, भुवनकुमार थारू, अमर कामी, अतिक अहमत सिद्धिकी र राजेन्द्र सिंह लामिछानेको नाम सिफारिस गरिएको छ ।