Thursday, July 9

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले यसपालि समानुपातिकतर्फ नयाँ अनुहार पठाउने भएको छ।

Advertisement

पार्टी शीर्ष नेत‌ृत्व तहमै सहमति गरी यसपालिको समानुपातिक सूचीमा नयाँ अनुहार पठाउने निर्णय भएको एक नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।

Advertisement
Advertisement

सहमति अनुसार यसअघि सांसद र राष्ट्रिय सभा सदस्य भएकाहरू समानुपातिक सूचीमा पर्ने छैनन्।

Advertisement

समानुपातिक उम्मेदवारको बन्द सूची पठाउने आज अन्तिम दिन हो।

नेकपाका शीर्ष नेताहरू सूची तयार पार्ने काममा व्यस्त छन्।

निर्वाचन आयोगले सोमबार अपराह्न ४ बजेसम्म सूची बुझाउन भनेको छ।