Saturday, April 18

निर्वाचन अघि नै प्रतिनिधिसभा पुनर्स्थापना भए स्वीकार्य हुन्छ : कांग्रेस

नेपालअखबार, काठमाडाैँ । नेपाली कांग्रेसले निर्वाचनअघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला आएमा त्यसलाई स्वीकार गर्ने बताएको छ । सोमबार निर्वाचनका लागि समानुपातिक बन्द सूचीको नाम बुझाउनका लागि सूचना दिन निर्वाचन आयोग पुगेका नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सो कुरा बताएका हुन् ।

उनले कांग्रेसले पहिलो प्राथमिकतामा निर्वाचनलाई राखेको उल्लेख गर्दै त्यसअघि नै अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरे त्यसलाई स्वागत र स्वीकार गरेर अघि बढ्ने स्पष्ट पारे ।

Advertisement

उनले नयाँ राजनीतिक शक्तिहरु बिचको एकतालाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको समेत बताए । नेता विश्वकर्माले भने, ‘निर्वाचन होस् भन्ने हाम्रो चाहना छ । सोहीअनुसार हामीले पहिला दल दर्ता पनि गर्यौँ । आज बन्द सूची बुझाउन आउँदैछौ । केही समय पछि प्रत्यक्षको पनि उम्मेदवारी दर्ता हुन्छ । त्यो पनि हामी गर्छाै । तर यो बिचमा कुनै न्यायिक फैसला आयो भने सर्वोच्च अदालत वा न्यायपालिकाबाट त्यस्तो फैसलाआयो भने हामी त्यसलाई पनि स्वागत र पालना गर्दछौँ ।’

नेता विश्वकर्माले पूर्वसांसद र मन्त्रीलाई पार्टीले समानुपातिक बन्द सूचीमा नराख्ने समेत बताए ।