Monday, July 13

अविलम्ब संसद् विघटनसम्बन्धी मुद्दाको फैसला गरियोस् : केपी ओली

नेपालअखबार, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको अविलम्ब छिटो फैसला गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् ।

Advertisement

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई अप्ठ्यारो अवस्थाबाट पार लगाउन पनि सर्वोच्च अदालतले सो मुद्दाको फैसला छिटो गर्नुपर्ने बताएका हुन् ।

Advertisement
Advertisement

ओलीले समयमा न्याय नदिनु वा विलम्ब गरी न्याय दिनु भनेको न्याय नदिनु सरह हो भन्ने कुरालाई मनन गरेर अदालतले सो मुद्दाको फैसला तत्काल गर्न आवश्यक रहेको जिकिर समेत गरे ।

Advertisement

उनले अदालतले संसद् पुनर्स्थापनाको फैसला गर्नुबाहेक अर्को बाटो नरहेको पनि दोहोर्‍याए । अध्यक्ष ओलीले एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा स्पष्ट र दृढ रहेको अडान राखे ।