Thursday, January 8

नेपाली कम्युनिस्ट पार्टीको विकल्प छैन : माधव नेपाल

नेपालअखबार,काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को विकल्प नभएको बताएका छन् ।

रुकुमदेखि काठमाडौँसम्म पैदल यात्रा गरेका अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावललाई पेरिसडाँडामा मंगलबार सम्मान कार्यक्रममा नेपालले यस्तो बताएका हुन् ।

Advertisement

प्रतिकुल अवस्थामा नयाँ यात्रा गर्न लागेका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आगामी निर्वाचनका लागि रुकुम आउन गरेको आग्रहमा उनले समर्थन गरे ।

‘नेपाली कम्युनिस्ट पार्टीको कुनै विकल्प छैन । एकताको कुनै विकल्प छैन । प्रतिकूल अवस्थामा नयाँ यात्रा गरेका प्रचण्डलाई रुकुम पश्चिमबाट सन्देश पनि ल्याउनु भएको छ । ती सबै भावनालाई समेट्नुपर्छ’, उनले भने ।

पुस १ गतेदेखि पैदल यात्रा गरेका रावल सोमबार मात्र काठमाडौँ आइपुगेका थिए ।