
नेपालअखबार, काठमाडौँ । प्रविण पौडेल अध्यक्ष:नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले आफ्नो मुख्य चुनावी एजेन्डा “No Vote प्रणाली र राजनीतिक सुधार: सुशासनतर्फको नयाँ बाटो” बनाउनुपर्ने आवश्यक रहेको छ। पार्टीका अनुसार हालको निर्वाचन प्रणालीमा मतपत्रमा उम्मेद्वारलाई भोट दिने विकल्प मात्र रहेको र मन नेपाली कम्युनिस्ट पार्टीको चुनावी एजेन्डा: No Vote प्रणाली र प्रतिनिधिको अधिकार सीमित अनिवार्यनपरेको उम्मेद्वारलाई अस्वीकार गर्ने व्यवस्था नभएकाले जनताले आफ्नो इच्छाविपरीत भोट दिन बाध्य हुनुपरेको छ।
विश्लेषकहरूले मतपत्रमा “No Vote” को स्तम्भ राख्दा र ठूलो संख्यामा मत जाहेर भएमा, राजनीति भित्रका खराब प्रवृत्तिको अन्त्य हुने र दलहरूलाई जनलहर भएको, सक्षम र इमानदार उम्मेद्वार चयन गर्न बाध्य हुने विश्वास व्यक्त गरेका छन्।
साथै, निर्वाचित भएपछि राज्यकोषमा सीधा पहुँच हुने व्यवस्थाले राजनीति खर्चिलो, आकर्षक र पेशामुखी बनाएको छ। यही कारण संसद्को कर्तव्य र अधिकार पुनःसंरचना गरेर राजनीतिक नियुक्ति र प्रतिनिधिको भूमिका मुख्यतः कानुन निर्माण, कार्यान्वयनको निगरानी तथा ढिलासुस्तीमा दण्डित गर्न सीमित गर्नु आवश्यक छ।
यसरी सुधार कार्यान्वयन भएमा कृषि, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा निष्पक्ष र दिगो विकास सम्भव हुनेछ। यस्ता परिवर्तनले असल नागरिक उत्पादन गर्न सहयोग गर्ने, दीर्घकालमा नेपाललाई विश्वसामु प्रतिस्पर्धी राष्ट्रका रूपमा स्थापित गर्ने र सुन्दर प्राकृतिक धरोहरसहितको देशका रूपमा विश्वभर प्रशंसा दिलाउने विश्वास व्यक्त गरिएको छ।
पार्टीको निष्कर्ष: आगामी निर्वाचनमा No Vote प्रणालीको विकास र निर्वाचित प्रतिनिधिको कर्तव्य तथा अधिकारको पुनःसंरचना अबको चुनावी एजेन्डा हुनु अनिवार्य छ।

