Sunday, July 12

भूमि आयोग कास्कीका अध्यक्षसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

नेपालअखबार, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका अध्यक्षसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

Advertisement

भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित ५ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

Advertisement
Advertisement

पोखरा महानगरपालिका–२६ लेखनाथमा रहेको सामुदायिक अमरज्योति आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा भूमि आयोगले नक्कली सुकुम्बासीको नाममा दर्ता गरेको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

Advertisement

उनका अनुसार अध्यक्ष गंगाप्रसादसहित तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन सदस्य आशबहादुर गुरूङ, सदस्यहरू उमाकुमारी थापा, सोमबहादुर नेपाली र प्रतिवादी भीमबहादुर बिकविरूद्ध मुद्दा दर्ता गरिएको हो।

उनीहरूविरूद्ध अख्तियारले  १ करोड ४० लाख २५ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ।