Thursday, July 9

प्रचण्डले भने- दिल्लीमा अन्तरिम सरकार बनाउन ओलीले नै सिफारिस गरेका थिए

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेको दाबी दोहोर्‍याएका छन् ।

Advertisement

दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्ड यही कार्यक्रममा सरिक हुन भन्दै हिजो (आइतबार) भारत गएका थिए ।

Advertisement
Advertisement

‘२६ गते राति म र कमरेड माधव कुमार नेपाल, हामी दुईजनालाई राष्ट्रपति निवासमा बोलाएपछि हामीले रातभर धेरै मिहेनत गरेर यो संशयको वातावरणलाई निवारण गर्ने र देशलाई विस्तारै नर्मल सिच्युएसनतिर फर्काउन मिहेनत गर्‍यौं,’ सोमबार उक्त कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले भने, ‘अन्तत: अन्तरिम सरकार गठन गर्ने भयो । त्यतिबेला पनि कामचलाउ चाहीँ केपी ओली नै थिए, उनकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने समझदारी भयो ।’

Advertisement

तयसपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा संसद् विघटन भएको प्रचण्डको भनाइ छ ।‘तर संसद् विघटन गर्ने सहमति भएको थिएन । आ–आफ्ना सोच थिए । राष्ट्रपतिले परिस्थितिलाई हेरेर सुशीला कार्कीको सरकारको सिफारिसमा संसद् विघटन गरेर चुनावको मिति घोषणा गर्ने काम भयो,’ प्रचण्डले भने ।