Saturday, January 10

सुनको भाउ २ हजार १ सय बढ्यो

नेपालअखबार, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६५ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

Advertisement

यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ घटेको छ । प्रतितोला ५५ रुपैयाँले चाँदीको भाउ घटेको हो । अघिल्लो दिन तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँ कायम भएको छ । यसअघि चाँदी पुस २३ गते हालसम्मकै उच्च ४ हजार ९३५ रुपैयाँ पुगेको रेकर्ड छ ।