Sunday, April 26

पूर्वप्रधानमन्त्री नेपालको समन्वयमा रौतहटका सुरक्षा निकाय तथा स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान

नेपाल अखबार, रौतहट ।  पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको समन्वयमा रौतहटका सुरक्षा निकाय तथा स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ।

बुधबार गौरमा सामाग्रीहरु संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले हस्तान्तरण गरेका थिए । रौतहटमा कोरोनाका कारण बढी जोखिममा रहेकाले वरिष्ठ नेता नेपालको समन्वयमा अमेरीका बस्ने नेपालीहरुको सहयोगमा सामाग्री सहयोग गरिएको सभापति खड्काले बताए ।
गौरमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई ५ लिटर सेनिटाइजर, २ सय थान केएन ९५ मास्क र सर्जिकल मास्क १ हजार थान यस्तै राजपुर, इशनाथ, गौर, परोहा नपाका प्रत्येक वडालाई एक सय केएन ९५ माक्स, सेनीटाइजर ५ लिटर र सर्जीकल मास्क एक हजार हस्तान्तरण गरिएको पूर्वसांसद राम कुमार भट्टराईले जानकारी दिए ।
यस्तै रौतहट काठमाडाैं सम्पर्क मन्चको सहयोगमा नेपाल प्रहरीलाई पानी र बाढीमा गस्ती गर्न सहज होस् भन्ने उदेश्यले पानीमा लगाउने बुट सहयोग गरेका छन्।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, नेकपाका नेताहरु शम्भु साह, लक्ष्मण रेग्मी, चन्देश्वर राउत लगायतका नेताहरु सहभागी भएका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *