Thursday, July 9

निर्वाचन आयोगले थाल्यो समानुपातिक तर्फको मतपत्र छपाइ

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ सुरु गरेको छ ।

Advertisement

आजबाट समानुपातिक तर्फको मतपत्र छपाई सुरु भएको हो ।

Advertisement
Advertisement

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न रहनेछ ।

Advertisement

यही पुस १३ र १४ गते राजनीतिक दललाई समानुपातिक तर्फको बन्दसूची बुझाउन समय दिइएको थियो । त्यसबेला ६४ वटा दलले सूची बुझाएका थिए । त्यसमा १० वटा दलले एकल चुनाव चिह्नमा नाम दिएका छन् ।

‘समानुपातिक तर्फको मतपत्र आजबाट सुरु भएको छ । जसमा ५८ दलको चिह्न  मतपत्रमा हुनेछ’ भट्टराईले भने, ‘प्रत्यक्ष तर्फको मतपत्र भने आगामी माघ १० गते पछाडीबाट मात्रै छापइको काम सुरु हुन सक्नेछ ।’

आगामी २१ फागुनमा हुने निर्वाचनका लागि प्रतयक्षतर्फ उम्मेदवारी दर्ताको समय माघ ६ गतेका लागि छ । माघ ९ गते निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ । त्यसपछि बल्ल मतपत्र छपाइ सुरु हुनेछ ।

नमूना मतपत्र छपाइको काम भने सकिएको छ ।

आयोगका प्रवक्ता भट्टराईका प्रत्यक्ष र समानुपातिक तर्फ दुवैको पाँच/पाँच लाख नमूना मतपत्र छापिएको छ । मतदाता शिक्षाका लागि मतपत्र छापिएको हो ।’

उनका अनुसार नमूना मतपत्रमा राजनीतिक दलहरूले पाएको चुनाव चिह्न छैन । तर कलर वास्तविक मतपत्रको जस्तै छ । उस्तै कलर हुँदा मतदातालाई पछि सम्झिन समेत सहज हुने आयोगको विश्वास छ ।

भट्टराई भन्छन्, ‘बदर मत घटाउन नमूना मतपत्र मार्फत शिक्षा दिइनेछ ।’