Saturday, January 10

इरानका सर्वोच्च नेता खामेनीले भन्छन् – अन्य तानाशाह जस्तै ट्रम्पको पनि पतन हुन्छ

नेपालअखबार,काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तानाशाह र घमण्डी शासक भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल एक्समा लगातार पोस्ट गर्दै खामेनीले ट्रम्पमाथि तीव्र आलोचना गर्दै विश्वबारे घमण्डका साथ  गतल निर्णय गर्ने गरेको आरोप लगाएका हुन् ।

Advertisement

उनले विश्वका तानाशाहरुसँग ट्रम्पलाई तुलना गर्दै त्यस्ता व्यक्तिहरुको एक दिन पतन हुने बताएका छन् । ‘फिरौन, निमरूद, मोहम्मद रजा पहलवीजस्ता घमण्डी शासकहरूको पतन त्यतिबेलै भयो, जब उनीहरूको अहंकार चरम सीमामा पुगेको थियो । ट्रम्पको पनि त्यस्तै पतन हुनेछ’, उनले लेखेका छन् ।

खामेनीले इरान अमेरिकाले अहिले पनि इरानलाई बुझ्न गल्ती गरिरहेको बताएका छन् । इरान लाखौं नागरिकहरूको बलिदानबाट बनेको देश भएकाले कुनै पनि विनाशकारी शक्तिसामु नझुक्ने उनको भनाइ छ ।उनले हालै इरामा भएको प्रदरश्नमा ठूलो संख्यामा इरानी नागरिक शहीद भएको बताउँदै त्यसको आदेश ट्रम्पले दिएको आरोप लगाएका छन् । ‘यसले इरानीहरूको रगत उनको हातमा रहेको प्रमाणित गर्छ’, उनले लेखेका छन् ।