Wednesday, July 29

बाघको आक्रमणबाट महिलाको मृत्यु

नेपालअखबार,काठमाडौं । सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

Advertisement

जिल्लाको कालिमाटी गाउँपालिका–७ पर्सेनीकी ४२ वर्षीया धनसरी रावतको घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणबाट मृत्यु भएको हो।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शुक्रबार दिउँसो सवा ३ बजेतिर स्थानीयले धनसरी घाँस–दाउरा काट्न गएको समयमा बाघले आक्रमण गरी लगेको खबर फोनमार्फत प्रहरी चौकी घुँइयाबारी, सल्यानमा जानकारी गराएका थिए।

Advertisement

सूचनाको आधारमा साढे ३ बजेतिर प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको नेतृत्वमा प्रहरी टोली स्थानीयवासीसहित खोजीमा गएको थियो।

खोजीमा निस्किएको टोलीले बेलुकी ५ बजेतिर घरदेखि पाँच सय मिटर दक्षिणमा पर्ने हरियाली सामुदायिक वनमा शरीरको बाँया खुट्टा र मलद्वार पूरै खाएको अवस्थामा धनसरीको शव फेला पारेको थियो।

परिवारका अनुसार धनसरी बिहान ८ बजेतिर घरबाट हरियाली सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी थिइन्। शव पोस्टमर्टमका लागि जिल्ला अस्पतालतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।