Tuesday, September 22

विशेष महाधिवेशन प्रतिनिधिले गर्न थाले नाम दर्ता

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्।

Advertisement

भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले नाम दर्ता गर्न थालेको जिल्ला, क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले जानकारी दिए।

Advertisement
Advertisement

महाधिवेशनमा सहभागी हुन आउनेको नाम दर्ताका लागि भृकुटीमण्डपको गेट सम्मुखमै स्टल राखिएको छ।

Advertisement

त्यहाँ प्रदेशअनुसार छुट्टाछुट्टै नाम दर्ता गर्ने व्यवस्था मिलाइएको छ।

नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कागज ल्याउनुपर्ने र दर्ता दस्तुर एक हजार रूपैयाँ लाग्ने गरी प्रबन्ध गरिएको छ।

विशेष महाधिवेशन दिउँसो १ बजेदेखि सुरू हुनेछ।

त्यसअघि बिहान ११ बजेदेखि विभिन्न स्थानबाट निकालिने जुलुस भृकुटीमण्डप पुग्नेछ।

जुलुस भृकुटीमण्डप पुगेपछि विशेष महाधिवेशन उद्घाटन गरिनेछ।

darta1-1768102749.jpeg