Friday, July 24

नेकपाको केन्द्रीय कमिटी घोषणा हुँदै, आजै शपथ

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज घोषणा हुँदैछ।

Advertisement

कात्तिक १९ गते १० वटा वाम घटकहरू एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।

Advertisement
Advertisement

अहिलेसम्म उक्त पार्टीमा १७ भन्दा बढी घटक र व्यक्तिहरू समाहित भएका छन्।

Advertisement

पार्टी एकता भए पनि सबै पार्टीका अन्य कमिटी र जनवर्गीय संगठनहरू एक भइसकेका छैनन्।

मंगलबार केन्द्रीय समितिको घोषणासँगै केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समेत हुनेछ।

शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ।